International Journal For Multidisciplinary Research

E-ISSN: 2582-2160     Impact Factor: 9.24

A Widely Indexed Open Access Peer Reviewed Multidisciplinary Bi-monthly Scholarly International Journal

Call for Paper Volume 8, Issue 3 (May-June 2026) Submit your research before last 3 days of June to publish your research paper in the issue of May-June.

नेपाली नारीवादी उपन्यासको विकासपरम्पराबारे अध्ययन

Author(s) Dr. Sabita Tamang
Country India
Abstract नारीवाद नारी अस्मिता र नारी स्वतन्त्रताप्रति प्रतिबद्ध मान्यता सिद्धान्त वा आन्दोलन हो। नारीवाद सिद्धान्त एउटा पुरुष व्यक्‍ति र पुरुषवर्गका विरोधमा नभएर पुलिङ्गकेन्द्रवादी सामाजिक व्यवस्थाको विरोधमा खड़ा भएको पाइन्छ।नेपाली नारीवादी उपन्यासको विकासक्रमबारे अध्ययन गर्दा नारीलिखित प्रथम उपन्यास अम्बालिका देवी मानिए तापनि सन् 1936 मा प्रकाशित भ्रमर-लाई नारीवादी प्रवृत्तिको प्रथम प्रवेशिका मान्‍न सकिन्छ। नारीहरू शिक्षित बनेर डाक्टर जस्ता उच्च स्तरीय पेशा अप्नाउने जस्ता प्रसङ्गले नारीहरू अब शिक्षित बनेर स्वावलम्बी, आत्मनिर्भर, स्वनिर्भर बनेर स्वतन्त्र बन्‍नुपर्ने सङ्‍केत रहेको छ। नारीवादको अवधारणाले नारी शोषणको कारक तत्त्वको खोजी गरेर त्यसको अन्त चाहान्छ भने उपन्यासमा नेपाली नारीवादी उपन्यासहरूमा नारीहरूलाई दमन गर्ने अन्धो परम्पराप्रति सचेत गराएर ती नारी शोषणयुक्‍त परम्पराप्रति आक्रोश व्यक्‍त गरिएको छ। कतिपय नेपाली उपन्यासहरूमा लैङ्गिक विभेदको रेखालाई ध्वस्त पारेर नारी पुरुष दुवै समान हुन् भन्‍ने कुरा अघि सार्दै प्रचलित कानुनी व्यवस्थाप्रति विद्रोह गरिएको पाइन्छ। एउटी आमाले बालकको लालनपालनमा बाबुभन्दा धेरै कष्‍ट आमाले उठाएको भए तापनि पितृसत्तामक सामाजिक व्यवस्था र प्रशासनिक व्यवस्थाले ती बालकको नागरिकता बाबुबाट मात्र दिलाउने व्यवस्थामा परिवर्तन गरेर सन्तानको नागरिकता आमाबाट पनि हुनुपर्छ भन्‍ने कुरा नेपाली उपन्यासहरूमा पाइन्छ। उपन्यासमा नारीवादी अवधारणाको प्रयोग सैद्धान्तिक रूपमा मात्र नभएर उपयोगी र व्यावहारिक रूपमा भएको पाइन्छ।
नेपाली उपन्यासहरूमा छोरीलाई सदैव बोझ ठान्‍ने सङ्कीर्ण मानसिकता भएको समाजका असचेत मानवसमाजप्रति व्यङ्ग्य प्रहार गरिएको पाइन्छ। आफ्ना लागि नारी स्वयम् शिक्षित भएर उत्तरदायी एवम् आत्मनिर्भर बन्नुपर्छ भन्‍ने कुराको उठान पनि गरिएको छ।प्रशासन, नियम र नीति पुरुषहरूले नै बनाएका हुनाले पितृसत्तात्मक मानसिकताका आधारमा निर्मित व्यवस्थाहरू पुरुषकै पक्षमा रहेको छ भन्‍ने कुरा देखाउँदै सन्तानको नागरिकता आमाको नामबाट हुनुपर्ने माग पनि उपन्यासहरूमा गरिएको छ। यस्ता सन्दर्भको उठान वास्तवमा व्यावहारिक जीवनमा भएको असमानताको पक्षलाई उपन्यासमा उठाइएको छ।
उपन्यासहरूमा नारीहरूको शोषणको कारक तत्त्व पितृसत्तात्मक सामाजिक संरचना र मानसिकतालाई ठानेर यस्ता व्यवस्था र धारणाहरूको अन्त गर्न नारीहरू स्वयम् अघि बढ़नु पर्ने कुरामा जोड़ दिएको पाइन्छ। यसप्रकार नेपाली नारीवादी उपन्यासहरूमा नारी हक अधिकारको निम्ति सशक्त रूपमा नारीको पक्षमा वकालती गरिएको पाइन्छ।
Keywords नारीवाद, नेपाली उपन्यास, नेपाली उपन्यासमा नारीवाद
Field Sociology > Linguistic / Literature
Published In Volume 8, Issue 3, May-June 2026
Published On 2026-06-02
DOI https://doi.org/10.36948/ijfmr.2026.v08i03.80189

Share this